शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युथफोर्सलाई ईश्वर पोखरेलको निर्देशनः प्रतिवादका लागि तयार रहनुस्

युथफोर्सलाई ईश्वर पोखरेलको निर्देशनः प्रतिवादका लागि तयार रहनुस्

 

फाइल तस्वीर।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले नरुचाउने कुनै पनि काम नगर्न सुझाव दिएका छन् । एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई लत्याउन खोजियो भने त्यसको प्रतिवाद युवाहरूले गर्नुपर्ने बताए ।

सभामा पोखरेलले भने, ‘हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानूनी शासनलाई मान्छौं । कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ ।’

युथ फोर्सले जनताले नरुचाएको काम नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने पोखरेलको भनाइ थियो ।

‘शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई निषेध गर्न खोज्छ भने त्यसलाई युथ फोर्सले प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।

महासचिव पोखरेलले संविधान र जनमत लत्त्याउने प्रयास हुनसक्ने भन्दै त्यसको प्रतिवादका लागि तयार रहन युथफोर्सलाई निर्देशन दिए ।   पोखरेलले राज्यको संवैधानिक प्रक्रियालाई तोडमोड गर्न खोजिए, कानुनलाई मिचेर अघि बढ्न खोजिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend