शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको कडा चेतावनी

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको कडा चेतावनी

 

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताएका छन । अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी समेत दिए । शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने । नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend