काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चौध वर्ष अघि आमूल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको बताएका छन । आज काठमाडौँको क्षेत्र नं ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।
अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसङ्गति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा सङ्गठित र योजनाबद्ध रूपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरूको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन् । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend