सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाजेको सेकुवा कर्नरमा छापा, मालिक चेतन भण्डारी फरार

बाजेको सेकुवा कर्नरमा छापा, मालिक चेतन भण्डारी फरार

अहिले सुन तुस्करीको काण्डमा माथिल्लो तहका प्रहरी कर्मचारी देखी व्यवसायी गुण्डा सम्म मुछिने क्रम जारी छ । यस बिषयमा प्रहरीले बिशेष निगरानी राखेको छ । यस्तै ३३ किलो सुन प्रकरणमा शंकास्पद मानिएको रेस्टुरेन्ट बाजेको सेकुवा कर्नरमा गृहमन्त्रालयको छानबिन समितिले छापा मारेको छ । समितिले अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी सिलबन्दी गरेको समितिले जनाएको छ ।

समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ । अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend