शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

जसपा उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणीको बैठक आज बस्दैछ। अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भोलिपल्ट यादव समूहको बैठक बस्न लागेको हो। पार्टी कार्यालय बालकुमारीमा ११बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यहरु सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए। बैठकमा निर्वाचन आयोगको सनाखत र सर्वोच्च अदालतको मुद्दा लगायतमा छलफल गरिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend