काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा शुरु भएको छ। केही दिनदेखि निरन्तर बस्दै आएको पदाधिकारी र पूर्वपदाधिकारीका बैठक बिहान ९ बजे शुरु भएको हो। बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित भदौ १६ देखि १९ गते नै गर्नेगरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend