पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्री बन्नेको नाम टुंगाएको छ। प्रदेशमा सत्तारूढ नेपाली कांग्रेसका तर्फबाट मणिभन्द्र शर्मा र मेखलाल श्रेष्ठ र विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय गरेको छ।
यसअघि नेपाली कांग्रेसबाट डोवाटे विक मन्त्री बन्ने चर्चा थियो। तर, अहिले उनको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ।
यता नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले बिहिवार नै रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ। मन्त्रीहरुको सपथ अहिले दिउँसो १ बजे हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend