शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भयो बूढानिलकण्ठमा

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भयो बूढानिलकण्ठमा

 

 

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा सुरु भएको छ । बैठकमा पूर्वपदाधिकारीहरु पनि छन् ।

केही बेरअघि सुरु भएको बैठकमा महाधिवेशनसम्बन्धी छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा यो बैठक सुरु भएको हो । यसअघि प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीको बैठक बोलाएपछि यसको आलोचना भएको थियो । आलोचना भएसँगै उनले अब पार्टी बैठक बालुवाटार प्रधानमन्त्री निवासमा नराख्ने दृढता व्यक्त गरेका छन् ।

बैठकमा क्रियाशिल सदस्यता विवाद छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दै छन् ।

कांग्रेसले वडा अधिवेशन १२ साउनमा गर्ने तय गरे पनि क्रियाशिल सदस्यता विवाद नटुंगिएकाले अहिलेसम्म यसको टुंगो लागेको छैन । अब कांग्रेसको वडा अधिवेशन केही दिन सर्न सक्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend