काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ग¥यो। त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए।
पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे। ‘ओली समूहलाई काउण्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं।’
ओली पक्षको युथ फोर्सलाई काउन्टर दिनै नेपाल पक्षले बिहीबार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर (पीभी) पुनर्गठन गरेको छ। १२ वर्षअघि विघटन गरिएको पिपुल्स भोलेन्टियर १ हजार एक सदस्यीय बनाइएको छ।
ओली पक्षतर्फ पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा आइटी आर्मी घोषणा गरिसकेका छन्। त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन्।
एकातिर एमालेमा पार्टी एकताको पहल भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट लडाकु दस्ता गठन गरिरहेका छन्। पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू (भिडन्त) तर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend