शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता, गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता, गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित

 

तस्वीरः खड्गबहादुर विश्वकर्माको फेसबुकबाट

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय विभिन्न दलका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिइरहेका बेला विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा अघिल्लो ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र थुनामा रहेका नेता तथा कार्यकर्ताको रि‍हाईबारे छलफल भएको भेटवार्तामा सहभागी नेता विश्वकर्माले जानकारी दिए ।

तीन बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको पनि उनले बताएका छन् ।

विप्लव समूहले विभिन्न समयमा पक्र‍ाउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै आएको छ । ओली सरकारसँगको सहमति कार्यान्वयनमा ढिलाइ भएको विप्लव समूहको गुनासो छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend