काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका हुन् । उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे ।
पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए । नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाए । उनले कम्युनिष्टले भन्दै आएको पूजिँवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए । विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे । नेपालको राजनीतिमा नै नयाँ तरंग ल्याउने गरी विप्लवले यस्तो कडा टिप्पणी गरे पछि गम्भिर चासोको बिषय बनेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend