सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुनै बहाना देखाएर समृद्धि अभियानबाट भाग्ने कसैलाई छुट छैनः प्रचण्ड

कुनै बहाना देखाएर समृद्धि अभियानबाट भाग्ने कसैलाई छुट छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै आफनो पार्टीको मुल मान्यता भएको बताएका छन् । ने क पा महोत्तरीले जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताए ।

‘मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा आफनैे पार्टीको सरकार भएकोले अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई नभएको उनको भनाई छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उनको टिप्पणी थियो। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अब चाँडै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी आधार तयार गर्न सरकार लागिपरेको बताए ।

यद्यपि कुनै अङ्गीकृत नागरिक मुलुकको उच्च पदमा जान पाउने कुरामा आफ्नो पार्टी र सरकार नरहेको उनले स्पष्ट पारे।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकार रुग्ण बनाइएका उद्योग पुनःसञ्चालनमा ल्याउन र ग्रामीण भेगमा लघु उद्योग स्थापना गरेर रोजगारीका नयाँ सम्भावना बढाउन प्रतिबद्ध रहेको बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीसहितका प्रदेश २ को पछौटेपन अन्त्य गर्न शिक्षालाई मुख्य प्राथमिकतामा राखेर सरकार अघि बढेको धारणा राखे । सो अवसरमा अध्यक्ष दाहालले जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुणकुमार दाहाल, राजनीतिक सामाजिक अगुवा राजकिशोर साह (नब्बा सिंह) सहित २ सय १ जनालाई पार्टीमा स्वागत गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend