काठमाडौं । पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले क–कसलाई सरकारमा पठाउने नाम टुंगो लगाउने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
पार्टी राजनीति र अन्य समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको ढकालले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले पम्फा भुसाल र जनार्दन शर्मालाई पठाइसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend