शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगायो

मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगायो

मनाङ । मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिए ।

उनका अनुसार झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ ।पन्थीका अनुसार बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको छ । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुनेबित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।

तस्बिर सौजन्य ( होमनाथ पन्थी)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend