सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मिलिजुली सरकार सञ्चालनमा देउवाको कौशलता

मिलिजुली सरकार सञ्चालनमा देउवाको कौशलता

डा डिआर उपाध्याय

 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन् । अब उनले ढुक्कले सरकार संचालन गर्न सक्छन् । यो उनका लागि ठूलो अवसर हो ।जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन ।

मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो ।

तर, राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो ।नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो ।

तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन ।

चुनाव लगत्तै ओली र दाहाल मिलेर पार्टी एकता पनि गरे । पार्टीको नाम नेकपा राखे तर पार्टी एकता लामो समयसम्म टिक्न सकेन ।

केपी ओलीलाई प्रधानमन्त्री बनाए । ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिलाउने दक्षता र सीप कुनै पनि देखिएन ।

ओलीले पाटी भित्रको आन्तरिक झगडालाई व्यवस्थापन गर्न सकेनन् । पाटी मिलाएर ओलीले लान सकेका भए शेरबहादुर देउवालाई यो फाइदा आउने थिएन ।

ओली, माधव मिल्न नसकेको कारणले शेरबहादुरलाई सरकारको नेतृत्व लिन परेको हो । यो उनका लागि नविन र अकल्पनिय अवसर हो ।

यसको सही उपयोग गरी मुलुकलाई नयाँ उचाइ दिन सकेमा उनका लागि आगामी राजनीतिक यात्रा राम्रो हुन सक्छ । परिस्थितिले उब्जाएको अवसरलाई उनले सहि ढंगले लैजानु पर्छ ।

असल र अनुभवी पात्रहरू सम्मिलित किचन क्याबिनेट देउवाका लागि पहिलो आवश्यकता हो । अर्कोतिर मधेस केन्द्रित दलहरूलाई पनि मिलाएर लैजानु पर्छ ।

यो परिस्थितिमा देउवाले विश्वासको मत पाएका छन् । आगामी डेढ वर्षको अवधि सरकार सञ्चालन गर्न देउवाले सबै दललाई मिलाएर लैजान सके धेरै राम्रो हुन्छ । मिलिजुली सरकार सञ्चालन गर्न उनले कौशलता देखाउन सक्नु पर्छ ।अहिलेको अवस्था उनका लागि सोचेजति सहज छैन । संवैधानिक बाध्यताले विगतमाझैं जम्बो मन्त्रिमण्डलको छुट पनि दिँदैन ।

त्यसैले असल र अनुभवी पात्रहरू सम्मिलित २५ जना सम्मको सानो मन्त्री परिषद बनाउनुपर्छ ।यति बेला निवर्तमान प्रधानमन्त्री ओली र उनको दल पर्ख र हेरको अवस्थामा छ ।पूर्ववर्ती सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार पार्नु पनि छ । अहिले कोभिड महामारीले देश आक्रान्त छ ।देउवा मन्त्रिपरिषद्को पहिलो बैठकले आम नेपालीलाई कोभिडविरुद्ध खोप दिने निणर्य पनि गरको छ । यो राम्रो कुरा हो । राष्ट्रिय गौरवका आयोजना पूरा गर्नुपर्ने छ ।यसका लागि बहिर्गमित प्रधानमन्त्री र उनको नेतृत्वको राजनीतिक दलको सहयोग र समर्थन चाहिन्छ नै । त्यो कसरी मिलाएर लैजाने हो अर्को चुनौती छ ।यतिबेला राजनीतिक ध्रुवीकरण पनि अति नै बढेको छ । देउवाले सबैलाई मिलाएर कसरी लैजान सक्छन् त्यो नै अग्नि परिक्षा हो ।मधेस केन्द्रित दलहरूको माग सम्बोधन हुने गरी संविधान संशोधनको आवाज आइरहेको छ । यसमा सरकार कसरी अघि बढछ । देउवाका आगामी यात्रा सहज हुन । यही छ, शुभकामना ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend