शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेता रायमाझीले दिए एकाएक यस्तो प्रतिक्रिया

एमाले नेता रायमाझीले दिए एकाएक यस्तो प्रतिक्रिया

 

 

काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताएका छन् । मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले बताए । उनले संसद्को औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मीले भूमिका खेल्नुपर्ने बताए ।

​उनले भने, ‘यो भन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरू आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रूपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरू र जनप्रतिनिधिले गर्न सक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend