शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले केन्द्रीय कमिटि बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटि बैठक आज पनि बस्दै

तस्वीरः सूर्य थापा ट्वीटर

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानको भवनमा हिजो सुरु भएको बैठक आज पनि जारी रहनेछ ।

बैठक आज अपरान्ह ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । हिजो बसेको एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षमा देखिएका ८ जनासहित कुल २२ एमाले सांसदले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा देउवालाई विश्वासको मत दिएका थिए । केन्द्रीय कमिटीको जारी बैठकमा नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend