शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छः नेपाल

संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छः नेपाल

 

 

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन्।

देउवालाई विश्वासको मत दिएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा नेपालले सञ्चारकर्मीसँग संसद्को निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए।

यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोज्नेहरू असफल भएको भन्दै नेता नेपालले थपे, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ। संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि अस्थिरता निम्त्याउने प्रयास असफल भएको बताए। अस्थिरताको पक्षमा बाटो बिराएर हिँडेका पार्टीका नेताहरू पनि सही ठाउँमा आइपुगेको दाबी उनले गरे। नागरिक दैनिकबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend