नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको प्रथम महाधिवेशन २०७५ तथा दोस्रो वार्षिक साधारणसभा बुधबार राजधानीमा हुने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन मार्फत आउँदो जेठ ३० गते अर्थात बुधबार महासंघको दोस्रो वार्षिक साधारणसभा तथा ऐतिहासिक प्रथम महाधिवेशन गर्न लागिएको जानकारी गराएको हो ।
महासंघको महाधिवेशन वर्तमान सरकारका माननिय गृहमन्त्री राम बहादुर थापा (बादल)को प्रमुख आथित्यतामा सम्पन्न गरिने महासंघका केन्द्रिय महासचिव लिला जि.सीले बताउनुभयो ।सेवामुलक क्षेत्रबाट पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले आम नागरिकहरुलाई सेवा पु¥याईरहेको र त्यसबापत राज्यलाई आर्थिक लाभमा टेवा पु¥याईरहेको तर व्यवसायीहरु भने आफु स्वयं सुरक्षित हुन नसकिरहेको अवस्थामा आफ्नो पेशागत हकहितका लागि व्यवसायीहरु संगठित भएको महासंघले बताएको छ ।
देशैभरबाट ७ प्रदेशका ४२ जिल्लाबाट करिब १ हजार ४३० व्यवसायीहरु महासंघमा आवद्ध रहेको महासचिव जि.सीले जानकारी गराउनुभयो । अझ करिब दुई हजार यस्ता पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरु महासंघ बाहिर रहेका र आउँदा दिनहरुमा छुटेका व्यवसायीहरुलाई पनि महासंघमा ल्याइने महासचिव जि.सीले बताउनुभयो ।
देशैभरबाट करिब पाँच हजारको हारहारीमा रहेका यस्ता पार्टी प्यालेस तथा क्याटरिङ्ग सर्भिसले दैनिक ५० हजारलाई रोजगारी प्रदान गरेको र युवा जनशक्तिलाई विदेशीनबाट रोकेको बताउँदै, राज्यलाई रोजगारी सिर्जनामा समेत सहयोग पु¥याएको अध्यक्षअरुण शंकर वैद्यले बताउनुभयो ।
यस्तो व्यवसायलाई राज्यले भने यो वा त्यो बहानामा संकुचित गर्न खोजेको महासंघको आरोप छ । पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायमा संख्याको सिलिङ्ग लगाएर व्यवसायी र सेवाग्राही दुबै माथि राज्यले अन्याय गरेको महासंघको अध्यक्ष वैद्यको भनाई छ ।
छरछिमेक, इष्टमित्र तथा साथी भाइलाई आत्मियताका साथ खुवाईने भोजमा राज्यले प्रहार गर्न नहुने र सामाजिक मेल विग्रन दिन नहुने महासंघको भनाई छ । यसमा समयमै राज्य गम्भिर भएर सहि निर्णय लिन समेत महासंघले माग गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend