शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देउवाले बिश्वासको मत लिने तयारी गरिरहेका बेला माधव पक्षका युवा नेताले दिए यस्तो अभिब्यक्ति

देउवाले बिश्वासको मत लिने तयारी गरिरहेका बेला माधव पक्षका युवा नेताले दिए यस्तो अभिब्यक्ति

 

काठमाण्डौं । नेकपा एमाले माधव पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले आज संसदमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नेपाल र्‍खनाल पक्ष सांसदले दिएर संसद बचाउने संचारक्रर्मीसगको कुराकानीमा बताएका छन । देउवाले बिश्वासको मत लिने तयारी गरिरहेका बेला माधव पक्षका युवा नेताले यस्तो अभिब्यक्ति दिएका हुन ।

अहिले सबैभन्दा ठूलो आवश्यकता संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु पर्ने भएकोले संसदको हत्या हुनबाट जोगाउन पार्टी भन्दा माथि उठेर प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुपर्ने रिजालको भनाई छ ।

ओलीको सत्तामोह प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टीलाई अपील समेत गरेका छन ।

कांग्रेस सभापति शेर बहादुर देउवाको लोकतांत्रिक गठवन्धनको सरकारलाई विश्वासको मत दिएर संसद संविधान र लोकतंत्र बचाउने कुरामा कम्युनिस्ट आंदोलनका महानायक नेता नेपाल संग शंका नगर्न प्रधानमंत्री देउवालाई रिजालले सुझाव दिएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend