सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

बाँके । कोरोना महामारीका कारण जिल्लामा चरम रगत अभाव भएपछि सामाजिक कार्यमा सकृय संघ संस्थाहरुको समन्वयमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।

रगत अभावका कारण बिरामीहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै बाँके कोहलपुरमा रहेका सामाजिक कार्यमा अग्रसर क्लब संस्थाहरुको संयुक्त आयोजनामा श्रावण २ गते शनिबार कोहलपुर ब्लड बैंकमा गरिएको रक्तदानबाट ६० पोइन्ट रगत संकलन भएको छ ।
विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

बृहत रक्तदान कार्यक्रममा हातेमालो गर्ने संस्थाहरुमा बास नेपाल, कोहलपुर जुनियर जेसिस, मेस्सी फ्यान क्लब कोहलपुर, लायन्स क्लब अफ कोहलपुर, कस्तुरी, लिओ डिस्ट्रीक्ट काउन्सिल ३२५बि२ रिजन २१, बि योर सेल्फ टिम, बेटर बाँके, कोहलपुर क्युआरसी टिम, कोहलपुर ग्यालरी, सिबि इन्टरनेसनल कसल्टेन्सी, स्काउट कोहलपुर, भेजिटेरिएन ग्रुप कोहलपुर, डाइनामिक युथ क्लब मदनचोक, आइएमइ लाइफ ईन्सुरेन्स कोहलपुर रहेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend