शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

घिमिरेमाथिको आक्रमणबारे देउवाले दिए यस्तो कडा निर्देशन

घिमिरेमाथिको आक्रमणबारे देउवाले दिए यस्तो कडा निर्देशन

 

काठमाडौं । क्रियाशील सदस्यता छानबिनको विषयलाई लिएर सो समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित बसेको पदाधिकारी बैठकमा घिमिरेमाथिको आक्रमणबारे छलफल भएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतलगायतले शुक्रबार हातपात गरेका थिए । हातपातमा संलग्नहरुसँग २४ घन्टे स्पष्टीकरण सोधेर तीन दिनभित्र कारबाहीको टुंगो लगाउन प्रधानमन्त्री देउवाले अनुशासन समितिलाई निर्देशन दिएका छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हातपातमा संलग्नहरुलाई पार्टी विधानबमोजिम कारबाही गर्न देउवाले निर्देशन दिएका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend