जनकपुरधाम । लागुऔषधसहित जनकपुरधामबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० का २५ वर्षीय सन्तोषकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
यादवलाई शनिबार दिउँसो विशेष सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–९ बाह्र बिघाको पश्चिमपट्टीबाट रामानन्दचोकतर्फ जाँदै गरेको ज ३ प २७७८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरिएको हो।
यादवलाई मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको नाइट्रोभेट ट्याब्लेट १५ सय पिस र झोला भित्र राखेको चारमिनार मुम्कका २४ प्याकेट, राजनिवास ३ पैकेट, चक्कु १ पिससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend