काठमाण्डौ । आज नेपाल निवास कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पाँच दलीय गठबन्धन र देउवा सरकार जोगाउने विषयमा नेपाल र प्रचण्डबीच गम्भिर छलफल भएको बुझिएको छ ।
पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवालाई बहुमत नपुग्ने भएपछि उनलाई मनाउन गठबन्धनका नेताहरु सक्रिय भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend