शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा शुरू

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा शुरू

 

नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरू भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा कांग्रेसको १४औं महाधिवेशनबारे छलफल हुने जनाइएको छ।

कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौं हुने तय गरिएको छ। तर, क्रियाशील सदस्यता छानबिन जारी रहेकाले महाधिवेशन निर्धारित समयमै हुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आशंका जनाएको छ।

महाधिवेशनको तयारीसँगै सरकार सञ्चालनका विषयमा पदाधिकारी बैठकमा छलफल हुने कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend