शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाल नै खुशि हुने गरी युवा नेता रिजालले दिए यस्तो प्रतिक्रिया

माधव नेपाल नै खुशि हुने गरी युवा नेता रिजालले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले एमाले पार्टी जोगाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनु पर्ने बताएका छन । संचारकर्मी सँग कुरा गर्दै नेता रिजालले यस्तो बताएका हुन । ओलीले एमाले सिद्धयाउने खेल खेलेको आरोप समेत उनले लगाए । उनले भने, ‘ओलीलाई नै एमालेको अध्यक्ष बनाई राखे एमाले एक हुनै सक्दैन । उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालकोट पुगेपछि तथानाम गाली गलौच गरेर आफ्नो असली रुप देखाए ।’

ओलीको सत्तामोह प्रवृत्तिको कारण नेपाल कम्युनिस्ट पार्टी ३ टुक्रा पारेको नेता रिजालको आरोप थियो । उनले भने, ‘कानुन र विधिःको शासन लाई समाप्त गरेर देशलाई अस्थिरता तिर धकालेर संघिय लोकतांत्रिक व्यवस्था समाप्त गर्न ओली लागेकोले उनको प्रतिगामी कदमले नै ओलीलाई पतनको दिशामा लगिसक्यो ।’

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नेता नेपाल बाहेक ओलीले पार्टी एकता गर्न आटेको भन्ने कुरो सांचो हो भने त्यो दिवासपना हुने नेता रिजालले बताए । उनले भने, ‘एमालेका वरिष्ठ नेता तथा कम्युनिस्ट आन्दोलनका महानायक कमरेड माधव कुमार नेपाल बिनाको पार्टी एकता हुनै सक्दैन ।’ ओली संग नअल्मलि नझुकी नयां शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणमा ढिलो नगर्न नेता रिजालले माधव कुमार नेपाललाई आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend