काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ।
महासचिव विप्लव जसपाका संघीय परिषद् अध्यक्ष डा भट्टराईसँगको भेटवार्ताका लागि शुक्रबार उनको निवास पुगेका थिए।
केही दिन यता विप्लवले राजनीतिक सक्रियता बढाएका छन्। उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।
तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend