शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बिपी प्रतिष्ठानको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यवद्धता, अव के हुन्छ ?

बिपी प्रतिष्ठानको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यवद्धता, अव के हुन्छ ?

 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले धरानस्थित बिपी प्रतिष्ठानमा चिकित्सकलगायतले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्दोलनकारीले उठाएका माग सम्बोधन गर्न आग्रह गरेका  हुन्   ।

उनले प्रतिष्ठानमा देखिएको समस्या तत्काल वार्तामार्फत समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । ‘सरकार र विशेष गरी प्रधानमन्त्रीसमक्ष तत्काल वार्ताको माध्यमबाट जायज मागहरूको सम्बोधन गर्न आह्वान गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

बिपी प्रतिष्ठानमा उपकुलपतिसहित चार जना पदाधिकारी हटाउनुपर्ने चिकित्सकलगायतको माग छ । प्रतिष्ठानमा भ्रष्टाचार बढेको उनीहरूले बताउँदै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend