शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

शपथपछि प्रधानमन्त्री देउवालाई माधवकुमार नेपालले दिए बधाई

शपथपछि प्रधानमन्त्री देउवालाई माधवकुमार नेपालले दिए बधाई

 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेका छन । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन ।

शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । सुरुमा बधाई दिने पहिलो व्यक्ति नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुन ।

माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिएका हुन । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend