काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाका विषयमा रोइलो गर्न आवश्यक नरहेको बताएका छन्।
सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भट्टराइले अहिलेको हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली नभएको स्मरण गराएका छन्।
धारा७६(५)हाम्रो विशेष प्रावधान भएको बाबुरामको दावी छ। ‘उत्तमले आफैँ कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफू पनि बुझ्दैन,भनेको पनि मान्दैन, सर्वोच्चको आदेश पछि कुरा बुझौँ’ बाबुराम भनेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend