काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी शुरु भएको छ। सर्वोच्च अदालतले मंगलबार पाँच बजे भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै उनको नियुक्त गर्ने तयारी शुरु भएको हो।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको छ।
मंगलबार पाँच बजेसम्मको समय सिमा तोकिएको पत्र प्राप्त भएकाले चाँडै निर्णय हुने उनको भनाई छ। राष्ट्रपतिको कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री पदमा आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend