काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले संविधानमा टेकेर फैसला गरेकोले सर्वेच्च अदालत प्रतिको विश्वास वृद्धि भएको बताएका छन । नेता रिजालले सत्यको जीत भएको बताएका हुन । उनले भने, ‘न्याय, कानुन, विधि र लोकतन्त्रको जीत भएकोमा ज्यादै हर्षित भएको छु ।’ उनले यो जीत सबै नेपालीहरुको जीत भएको बताए ।
उनले भने, ‘यो संसद पुनर्स्थापनाको खुसियालीमा ओलीको असंवैधानिक कदमको विरूद्ध लाग्ने सबैलाई मेरो तर्फ बाट बधाई तथा शुभकामना छ ।’ प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सर्वोच्चले खारेज गरे संगै सत्यको जित भएको उनले उल्लेख गरे । उनले भने, ‘न्यायको जीत भएको छ, अदालत प्रति जनताको विश्वास र भरोसा कायम भएको छ ।’
संसद पुनर्स्थापनाले मुलुकमा न्याय नमरेको प्रमाणित गरेको नेता रिजालको तर्क छ । उनले भने, ‘सर्वोच्च अदालतले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश आदेश जारी गरेको छ, देउवालाई सफल कार्यकालको शूभकामना छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend