शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लिक बाहिर धकेलिएको संविधानलाई फर्काउने कदमः कांग्रेस प्रवक्ता

लिक बाहिर धकेलिएको संविधानलाई फर्काउने कदमः कांग्रेस प्रवक्ता

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसलालाई विवेकपूर्ण फैसला भनेका छन्।

सर्वोच्चले सोमबार प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरे लगत्तै प्रवक्ता शर्माले यो फैसलाले संविधानलाई ट्र्याकमा फर्काउने काम गरेको बताएका छन्।

“राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “केवल सरकार निर्माण होइन, इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend