नुवाकोट । विदुर नगरपालिका ८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका १३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्याल नुवाकोटले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend