सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विश्व कीर्तिमानी गीतकार डा डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक

 

 

विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता‘’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा। उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend