यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने देखी निर्माणको काम समयमा नगर्ने ठेकेदारलाई प्रक्राउ गर्ने कदमले गृहमन्त्री बादल अहिले चर्चित मन्त्रीको रुपमा परिचित छन् । समयमा काम नगर्ने ठेकेदारहरुलाई तह लगाएरै छाड्ने बताउदै आएका छन् भने अर्कोतिर कारबार्ही प्रक्रिया समेत अगाडी बढाएको अवस्था छ ।
गृहमन्त्री बादलको काम कारबार्ही देखी आम जनता आसाबादी देखीएका छन् । उनले अव देशमा रहदै आएका सवै सिण्डिकेट तोडे्र छाड्ने उद्घोष गरिसकेका छन् । पछिल्लोे समय ठेकेदार माथि धाबा बोलेका गृहमन्त्री बादल अव एनजिओ–आइएनजिओतिर लागेका छन् । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ) को अनुगमन कामको बिषयमा नजिकबाट निगरानी सुरु गर्न थालेका छन् ।
गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बिच एनजिओ र आईएनजिओको कामकारबाहीको बारेमा गहन छलफल भएको छ । आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्ष समेत निकालेका छन् ।
जसअनुसार वैठकमा पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वतः खारेज गर्ने समेत निर्णय भएको छ । नेपालमा ४८ हजारको हाराहारीको एनजिओ दर्ता भएको सरकारी अनुमान छ भने सयौको सख्यामा आईएनजिओ दर्ता भएर बसेका छन् ।
तर धेरै एनजिओ र आईएनजिओहरु काम भन्दा पनि नाम मात्र ओगटेर बस्नेको संख्या बढी रहेको सरोकारवाला निकायहरुको भनाई छ । त्यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय बैठकले गरेको छ । गृहमन्त्रीले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend