काठमाडौं । शरिरको मुख्य आधार मध्ये हामीले खाने खाना एक हो । खानाबाट शरिरलाई चाहिले तत्वहरुको आवश्यकता पुरा हुन्छ । त्यसैले स्वस्थ रहनका लागी स्वस्थ सन्तुलित र सही खानेकुरा खानु आबश्यक छ ।
अझ कुनै स्वास्थ्य समस्या हुँदा खाने कुरामा झनै ध्यान दिनु जरुरी छ । किनभने कुनै समस्या हुँदा कुनै खानेकुराले राम्रो फाइदा गर्ने हुन्छन् भने कुनै खानेकुराहरुले नै समस्या गराउन सक्दछ ।
विशेषगरी मानिसहरुले कुनै समस्या हुँदा जुस बढी प्रयोग गर्ने गर्छन् । कुन रोग लाग्दा कुन जुस पिउने भन्ने जानकारी हुर्नुहोस् । भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।
रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।
दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ । उच्च रक्तचाप उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ ।
अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ । निम्न रक्तचाप लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।
जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।
अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ । क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो मानिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend