काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार आजको बैठकले सहमतिको मस्यौदा तयार पार्नेछ । ‘सहमतिको मस्यौदाका विषयमा हिजोको बैठकमा पनि छलफल भएको थियो,’ विष्टले भने, ‘आज पनि हामी सोही विषयमा गहन छलफल गर्छौ । आजको बैठकले सहमतिको मस्यौदा तयार गर्नेछ ।ु
विवाद मिलाउन गठित कार्यदलको बैठक हिजो साँझ पनि बसेको थियो । हिजो बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि संयुक्त मस्यौदाबारे बैठकमा छलफल भए पनि नटुंगिएको नेताहरूले बताएका थिए ।
कार्यदलमा माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डेय, घनश्याम भुसाल, रघजुी पन्त लगायत नेताहरु छन् । ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङको संयोजक र विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सदस्य छन् । सहमतिका लागि भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदल आज ब्युँताइएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend