पर्सा । सरकारले सामाजिक सुरक्षा कोषमा आफूहरूलाई जबर्जस्ती आबद्ध गराएर खाइपाई आएको सेवासुविधासमेत कटौती गर्न लागेको भन्दै वीरगन्जका बैंकर आन्दोलित भएका छन् । उनीहरूले सोमबार वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरे ।
विरोध कार्यक्रममा वीरगन्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्कीले सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रूपमा पेस गरेका सुझावलाई सम्बोधन नगरिएकाले आफूहरू विरोधमा उत्रिएको बताए । उनले कोषमा आबद्ध हुन नसकिने ५ वटा कारण रहेको समेत बताए । योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरूसमेत गुम्ने खतरा रहेकाले उक्त योजनामा आफूहरू कुनै पनि हालतमा संलग्न नहुने उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend