जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर पीडित यादवको ५७ वर्षको उमेरमा सोमबार राति जनकपुर १४ मुजेलियास्थित निवासमै निधन भएको हो ।
जनकपुरधामस्थित स्वर्गद्वारीमा आजै उनको अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend