शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन

वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन

 

 

लमजुङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका वडा नम्बर ५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । नासों गाउँपालिका प्रवक्तासमेत रहेका ५० वर्षीय पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो ।

सोमबार बिहान बेँसीसहरस्थित होटलमा हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको थियो । उपचारका लागि १० बजेर ५० मिनेटको समय जिल्ला अस्पताल ल्याइएकामा उपचारको क्रममा १२ बजेतिर पुनेलको निधन भएको जिल्ला अस्पताल लमजुङका प्रशासक हेमन्त श्रेष्ठले बताए । वडाध्यक्ष पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend