विराटनगर । मोरङको रंगेलीमा दुई दिनदेखि हराइरहेका एक पुरुष घरनजिकैको खोलामा मृत फेला परेका छन् । रंगेली नगरपालिका–३ का ५१ वर्षीय हिमप्रसाद धिताललाई आइतबार बिहान ८ः ३० बजेतिर गडिया खोलामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याएर घटनाको अनुसन्धान थालेको छ । मृत्युको कारण यकिन हुन बाँकी छ । खोलाले बगाएर मृत्यु भएको हो वा मृत्युको कारण अरु नै छ भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आइसकेपछि खुल्ने प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend