सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारत लगिँदै गरेका बालबालिका कञ्चनपुर प्रहरीको नियन्त्रणमा, नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा

भारत लगिँदै गरेका बालबालिका कञ्चनपुर प्रहरीको नियन्त्रणमा, नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा

नेपालमा बालबालिका बर्षनी सयौको संख्यामा हराउने गर्छन । बालबालिका हरुलाई बिभिन्न प्रलोभन देखाएर तस्करहरुले भारत तर्फ लग्ने गरेको समाचार पनि बारम्बार आउने गर्छन ।यस्तै भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएको हो । बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ का रहेको खुलेको छ ।
पक्राउ परेका २ व्यक्ति पनि सोही गाउँपालिका निवासी ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विक रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा राखिएको छ । भारततर्फ जाने क्रममा बालबालिकासँगै रहेका बालवालिकाहरु भारतमा रहेका आफन्तहरुको सल्लाह अनुसार नै काम गर्न जान लागेको प्रारम्भिक रुपमा बुझिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend