सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले स्थापना दिवसको अवसरमा दुई हप्ता पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले स्थापना दिवसको अवसरमा दुई हप्ता पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने

पशु स्वास्थ्य क्षेत्रका क्रियाशिल नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघले २६ गते आफ्नो स्थापना दिवसको अवसरमा दुई हप्ता पशुस्वास्थ्य सम्बन्धी शिविर कार्यक्रम गर्ने बताएको छ । संघका केन्द्रीय उपाध्यक्ष पुष्कर नेपालले प्यूठान, कास्की, डडेलधुरा, डोटी, बाजुरा, तथा सल्यानमा केन्द्रीय संघका पदाधिकारीसहितको प्राविधिक टोलीले पशुको स्वास्थ्य चेकजाँच गर्न बताए । टोलीले जेठ २५ गते शुक्रबार पोखरामा लोकसेवाको परीक्षा दिएका परिक्षार्थीहरुलाई कसरी लोकसेवा उत्तीर्ण गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रम गरे । यसैगरी जेठ २६ गते पोखरामै पशुस्वास्थ्य शिविर सञ्चालन हुने जानकारी दिएको छ । त्यस्तै आगामी जेठ २७ गते प्यूठान जिल्लाको स्वर्गद्धारी आश्रममा पालिएका ३ सय भन्दा बढी गाईको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । आश्रमका लागि पालिएका गाईहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य आजसम्म कसैले नगरेकोले आफूहरुले यसलाई उच्च प्राथमिकता दिएको संघले बताएको छ ।
संघको केन्द्रीय पदाधिकारीहरुको यो टिमले जेठ २९ गते डडेलधुराको सदरमुकाम अमरगढीमा पशुको स्वास्थ्य चेकजाँच गर्ने कार्यक्रम छ भने यही दिन डोटीको दिपायलमा पनि शिविर सञ्चालन हुनेछ । यस प्राविधिक संघको टोलीले जेठ ३० गते बाजुरामा र ३१ गते सल्यानमा पशुको स्वास्थ्य शिविर सञ्चालन गरी टोली काठमाडौं फर्कने कार्यक्रमको तालिका रहेको संघले जनाएको छ ।
टोलीमा नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनकबहादुर रावल, उपाध्यक्ष पुष्कर नेपाल, संस्थापक अध्यक्ष रामशरण थापा, सचिव शिवराज अर्याल र केन्द्रीय सदस्य पुरुषोत्तम बहादुर सिंह सहभागी हुनेछन् भने यस केन्द्रीय टोलीलाई संघको जिल्ला कार्यसमितिले आवश्यक सहयोग र समन्वय गर्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend