शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

शिक्षकलाई ल्यापटप वितरण

शिक्षकलाई ल्यापटप वितरण

सल्यान । शारदा नगरपालिका–१ शीतलपार्टीस्थित शिवजन माध्यमिक विद्यालयले कार्यरत सबै शिक्षकलाई ल्यापटप दिएको छ । कोरोना महामारीमा अनलाइन कक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ल्यापटप दिइएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक हीरालाल नेपालीले कोरोना महामारीले विद्यार्थीको पठनपाठन अस्तव्यवस्त भएकाले अनलाइन कक्षामार्फत निरन्तरता दिन ल्यापटप दिइएको बताए । उनका अनुसार गुणस्तरीय पढाइका लागि इभेन्ट परियोजनाबाट ३२ वटा ल्यापटप खरिद गरी वितरण गरिएको हो । ल्यापटप खरिदमा २० लाख रुपैयाँ खर्च भएको उनले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend