खोटाङ । निरन्तरको बर्षाका कारण खोटाङमा पुरानो घर घत्किदा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका– ८ नमुनाभञ्ज्याङका मनकुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घरभित्र खेलिरहेका तीन बालकमध्ये एक जनाको मृत्यु भएको हो । शुक्रबार बिहान ११ घर भत्किदा सोही स्थानका १४ वर्षीय राजकुमार सार्कीको घरले पुरेर मृत्यु भएको छ ।
सोही स्थानका १० वर्षीय मिलन सार्की र १० वर्षीय लुने सार्की सामान्य घाइते भएका छन् । घाइतेहरुको सामान्य उपचारपश्चात घर फिर्ता भइसकेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend