फाइल फोटो
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रिय कमिटीको जारी बैठकले सर्वोच्चमा विचाराधीन मुद्दाबाट आफ्ना २३ जना निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन दुई दिनको समय सीमा तोकेर दिएको निर्देशन पालना गर्न आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बैठकमा बताए । उनले काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यहरूलाई छुट नभएको र यो कुरा किमार्थ स्वीकार्य नहुने पनि प्रष्ट पारे । प्रधानमन्त्री ओलीले यदि हस्ताक्षर फिर्ता नहुने हो भने पार्टी फुटको घोषणा गरेको ठहरिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend