दाङ । दाङमा चोरी भएका १३ वटा मोटरसाइकलसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन्।
पक्राउ गरेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मोटरसाइकल चोरीको घटनामा संलग्न व्यक्तिहरुलाई पक्रन सफल भएको बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend