शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 

 

बारा । जंगली हात्तीको आक्रमणबाट शुक्रबार बारामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको चारकोशे जंगलबाट २० किमी दक्षिणमा पर्ने जिल्लाको सदरमुकाम कलैयाभित्र प्रवेश गरेका जंगली हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ अवधापुरका ४५ वर्षीय रामदेव राउत कुर्मीको मृत्यु भएको हो ।

आक्रमणबाट घाइते भएका कुर्मीलाई कलैया अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । खेतमा काम गरिरहेका बेला कुर्मीलाई हात्तीले आक्रमण गरेको हो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend