शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुर्खेतमा जारी निषेधाज्ञा थप खुकुलो

सुर्खेतमा जारी निषेधाज्ञा थप खुकुलो

 

 

सुर्खेतमा जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १४ गतेदेखि जिल्लाभर जारी निषेधाज्ञा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। आजदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमार्फत् चल्ने उनले जानकारी दिए। ‘हामीले अहिले जिल्लाभित्रको सार्वजनिक सवारी साधन मात्र भनेका छौं, बाहिर चल्ने विषयमा कुनै निर्णय भएको छैन,’ उनले भने।यसअघि शनिबारबाहेक दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुँदै आएका पसल अब दैनिक बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend